दफा
पारस्परिक कानूनी सहायताका विषय
नेपाल र विदेशी राज्यबीच न्यायिक कारबाही सँग सम्बन्धित देहायका विषयमा पारस्परिक कानूनी सहायता आदान प्रदान गर्न सकिनेछः–
(क) कुनै कागज वा प्रमाण बुझ्ने, सङ्कलन गर्ने वा प्राप्त गर्ने,
(ख) कुनै सम्बद्ध वस्तु वा ठाउ“को जा“च गरी सोको सूचना र प्रमाण उपलब्ध गराउने,
(ग) बैङ्क, वित्तीय वा व्यापारिक अभिलेख लगायत सम्बद्ध कागजातको सङ्कलन वा प्रमाणित प्रति उपलब्ध गराउने,
(घ) खानतलासी गर्ने, वस्तु वरामद गर्ने, व्यक्ति रहेको स्थान पत्ता लगाउने वा मानिसको सनाखत गर्ने,
(ङ) फौजदारी प्रकृतिको विषयमा सहयोग पु¥याउन सक्ने व्यक्तिको उपस्थिति गराउने,
(च) म्याद तामेली गर्ने,
(छ) चल वा अचल सम्पत्ति रोक्का राख्ने वा जफत गर्ने,
(ज) फैसला कार्यान्वयन गर्ने ।